‘सर्भाइभर’ (Survivor) २४ घण्टाको लागि फ्री
SURVIVOR सर्भाइभर नामको हृदयविदारक एनिमेटेड चलचित्र निशुल्क प्रिमियर भइरहेको छ, २७ तारिख तपाइले यही पेजमा रहेको युट्युब फ्रेममा हेर्न सक्नुहुनछ
धेरै बर्ष अगाडी मैले कथा लेखेको थिएँ ‘बुढो मान्छेको मन’ र ‘माइ लाइफ इज ए मिराकल’ (क्लिक गरेर मेरो ब्लगमा पुरै पढ्न पनि सक्नु हुन्छ )। इजरायलमा केयरगिभरको रुपमा कार्यरत हुँदा लेखिएका प्राय कथाहरु सत्य घटनामा आधारित हुन । हिटलरको यातना भोगेर होलोकास्टबाट बाँच्न सफल इजरायलका हरेक वृद्ध वृद्धाहरु सँग लगभग यस्तै मन रुवाउने हृदय विदारक कथाहरु हुन्छन ।
१९४२ वार्शा, यहुदी बस्ती, पोल्यान्ड ।
हिट्लरका सैनिकहरूले पुरै पोल्यान्ड कब्जामा लिइसकेका थिए । चोक चोकमा यहुदीहरूको डफ्फा जम्मा पारिएको थियो, तिनीहरूलाई बन्दी बनाएर जर्मनी लगिँदै छ भन्ने हल्ला चलेको थियो ।चकमन्न अँध्यारोले ढाकेजस्तै त्रासको वातावरण चारैतिर फैलिएको थियो ।
त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन् पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अङ्कमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउँदा ‘कैदी नम्बर यति भन्नू’ उनीहरू प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।
यहुदीको भीडबाट सैनिकले भिन्न भिन्न समूहहरू बनाइरहेका थिए । एकातिर रोगी, आइमाई केटाकेटी, बुढाबुढी र अर्कोतिर तन्नेरी युवायुवतीहरू । पहिलो समूहमा पर्नेहरूलाई सिधै यज्ञमा बली दिइन्थ्यो र इहलीला स्वाहा पारिन्थ्यो । दोस्रो समूहमा पर्नेहरूलाई भने दास बनाइन्थ्यो, आफैँ थाकेर वा कुनै रोगले थलिएर नमरुन्जेल सम्म तिनीहरू कुनै शिविरमा बन्दी भएर बस्थे ।
मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउँदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरू आफूलाई पवित्र र महान् ठान्ने आर्यहरूको अग्नि कुण्डमा भस्म भइरहेका थिए ।
त्यस बेला उसको उमेर १४ वर्षको थियो, आमा र भाइ बैनीहरू लगातार रोइरहेका थिए । बाँच्ने कुनै आधार थिएन, अघिल्लो हप्ता देखि नै पिताको अत्तो पत्तो थिएन । उसको मनमा भाइ बैनी र आमा सँग छुट्टिन नपरोस् भन्ने थियो तर दास भएरै पनि कतै बाँचिहाल्छ कि भन्ने झिनो आशामा आमाले उसलाई उमेर ढाँट्न सिकाएकी थिइन, कसैले सोधे २० वर्ष भन्नु है ।
“कति वर्ष भइस् ? “पोलिस भाषामा एउटा सैनिकले भन्यो ।
“२० वर्ष …” उसले उत्तर दियो ।
होलोकास्ट स्मृति दिवसका अवसरमा २४ घण्टाका लागि SURVIVOR सर्भाइभर नामको निकै हृदयविदारक एनिमेटेड चलचित्र निशुल्क प्रिमियर भइरहेको छ, तपाइले यही पेजमा रहेको युट्युब फ्रेममा हेर्न सक्नुहुनछ (पछि हटाइनेछ )
हामी धेरैले सुनेका छौं - यहुदीले भोगेको पीडादायी इतिहास वा होलोकास्टको बारेमा । जनवरी २७ तारिख साठी लाख यहुदीहरुको नरसंहार भएको त्यही पीडादायी घटनाको स्मरण गर्ने होलोकॉस्ट स्मरण दिवस हो ।
धेरैलाई एनिमेसन वा आर्ट सिनेमाहरु मन पर्दैनन जजसलाई मन पर्छ उनीहरुले यो लिंक साथीभाईलाई शेयर गर्न पनि सक्नुहुनेछ ।
इतिहास कहिलेकाहीँ यति भारी हुन्छ कि त्यसलाई शब्दमा वर्णन गर्न कठिन हुन्छ। तर जब कला र सत्य कथाको मिलन हुन्छ, तब ‘सर्भाइभर’ (Survivor) जस्तो एउटा उत्कृष्ट सिर्जना जन्मन्छ। यो एनिमेटेड फिल्म मात्र होइन, यो त मानवीय संवेदना, साहस र कहिल्यै नहार्ने एउटा बालकको संस्मरण हो।
एउटा सानो बालकको ठूलो कथा
यो फिल्म १२ वर्षका इभोर पर्ल (Ivor Perl BEM) को वास्तविक जीवनमा आधारित छ, जसले आफ्नो भोगाइलाई ‘चिकन सुप अन्डर द ट्री: ए जर्नी टु हेल एण्ड ब्याक’ नामक पुस्तकमा उतारेका थिए। हंगेरीको एउटा सानो गाउँबाट सुरु भएको उनको यो यात्रा अउश्विट्ज (Auschwitz), काउफरिङ, अलाच र डाचाउ जस्ता भयानक यातना शिविरहरूको गेटसम्म पुग्छ। इभोरले आफ्ना आमाबुबा र सात जना दाजुभाइ-दिदीबहिनीलाई गुमाए, तर आफ्नो दाजुसँगको त्यो अटुट सम्बन्ध र बाँच्ने तीव्र इच्छाले उनलाई मृत्युको मुखबाट फिर्ता ल्यायो।
सिर्जनात्मकता र कलाको अनुपम संगम
पुरस्कार विजेता एनिमेटर जुम रकमानले यो गम्भीर विषयलाई प्रस्तुत गर्न अत्यन्तै नौलो र रचनात्मक शैली अपनाएका छन्। उनले १५० वटा हातले बनाएका कागजका पुतलीहरू (paper puppets) प्रयोग गरेर यो फिल्म तयार पारेका हुन्, जसले कथामा एक प्रकारको निर्दोषता र गहिराइ थपेको छ। फिल्ममा प्रयोग गरिएको नीलो, कालो र सेतो रङको समिश्रणले दर्शकको मनमा एक किसिमको गम्भीर प्रभाव छोड्छ। साथै, एरन ब्यारन कोहेनको संगीतले यस फिल्मको भावनात्मक पक्षलाई अझै उचाइमा पुर्याएको छ।
एनिमेटर रकमानका अनुसार, यो फिल्म विशेष गरी ‘जेन जी’ (Gen Z) अर्थात् नयाँ पुस्तालाई लक्षित गरेर बनाइएको हो ताकि इतिहासका यी काला पानाहरू कसैले नबिर्सिउन्। इभोर पर्लले भनेका थिए, “होलोकस्ट दिउँसोको उज्यालोमा सबैले देख्दादेख्दै घटेको घटना थियो”। यो फिल्मले त्यही सत्यलाई उजागर गर्दै ‘फेरि कहिल्यै यस्तो नहोस्’ (Never Again) भन्ने सन्देश दिन्छ।
यो एउटा यस्तो फिल्म हो जसलाई मनोरञ्जनका लागि मात्र नभई, इतिहासलाई बुझ्न र मानवीय पीडालाई सम्मान गर्नका लागि हेर्नैपर्ने हुन्छ।
यो एउटा सानो बालकको संघर्षको कथा मात्र होइन, यो त हामी सबैका लागि एउटा पाठ हो कि जस्तोसुकै अन्धकारमा पनि जिजिविषाको एउटा झिल्को बाँकी नै रहन्छ ।
इमेल -
oi@kanxey.com
kanxey@krishnathapa.com
This is the Trailer Book for screening Here
https://www.survivorfilm.com/
सर्भाइभर तपाइँले यहाँबाट पनि हेर्न सक्नुहुन्छ CLICK HERE TO WATCH SURVIVOR
तपाईं यो पोस्ट उक्त अवधी पछि हेर्दै हुनुहुन्छ भने सिनेमा हेर्न पाउनु हुनेछैन । यदपि कलामा रुचि भएका साथीहरु हुनुहुन्छ भने मा oi@kanxey.com इमेल गरेर चलचित्रका बारेमा थप जानकारी लिन वा पहुँच प्राप्त गर्न सक्नुहुनेछ ।



