एउटा शक्तिशाली कथा ‘मदर’ (Mother)
सानो छोराको धनुषकलाले एकाएक चलचित्रलाई गम्भीर मोडमा पुर्याउछ जब खेल्दा खेल्दै सानो छोराको वाण प्रहारबाट एक व्यक्तिको मृत्यु हुन्छ । मारिने वृद्ध मानिसको पहिरनले उनी सो समुदायको मुखिया वा ठुला मानिस भ
यो निकै छोटो एनिमेटेड चलचित्र हेरिसकेपछि म निकै भावुक भएँ । फिल्म मार्फत अभिव्यक्त सिमित कथाहरु मात्र हुन्छन जो हाम्रो मन मष्तिस्कमा सदाका लागि गहिरो छाप छोड्न सफल हुन्छन । यस्तै यो एनिमेटेड कथा हेरेपछि लाग्यो ।
आफ्नो सन्तानको बदमासी, चकचक वा गल्तिहरुलाई हाँसी हाँसी भुलिदिन्छिन आमा । तर कुनै बेला उसको अक्ष्यम्य गल्ति र जीवन मरणको प्रश्न उठ्दा पनि कति सम्म रक्षात्मक हुन सक्छिन भन्ने मनोवैज्ञानिक चित्र यस फिल्ममा देखाइएको छ । जन्म मात्र होइन, संस्कार, शिक्षा र साहस दिने गुरुआमा नै आमा हुन्। हाम्रो पीडा आफ्नै जस्तो बोक्ने, खुशी आफ्नै भन्दा पहिले खोज्ने आमाको माया अनन्त छ ।
आमाको माया संसारको सबैभन्दा पवित्र र गहिरो भावना हो, जसलाई शब्दमा वर्णन गर्न कठिन हुन्छ । यही ममता र एउटा अबोध बालकप्रतिको सम्बन्धलाई गौरभ वाकांकर (Gaurav Wakankar) ले आफ्नो छोटो एनिमेटेड चलचित्र ‘मदर’ (Mother) मार्फत निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन्। कोलकातास्थित ‘घोस्ट एनिमेसन’ द्वारा निर्माण गरिएको यो चलचित्रले एउटी आमाले आफ्नो सन्तानका लागि कतिसम्म त्याग गर्न सक्छिन् भन्ने गम्भीर प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ।
एउटा कठिन यात्रा र नैतिक परीक्षा
यो ३ मिनेटको छोटो चलचित्रको कथा एक आमा र छोराको वरिपरि घुम्छ, जो दैनिक गुजाराका लागि खानेकुरा वा सामग्री संकलन गर्न निस्किएका हुन्छन् । सुरुमा हसिमजाक र सामान्य रुपमा लिइएको सानो छोराको धनुषकलाले एकाएक चलचित्रलाई गम्भीर मोडमा पुर्याउछ जब खेल्दा खेल्दै सानो छोराको वाण प्रहारबाट एक व्यक्तिको मृत्यु हुन्छ । मारिने वृद्ध मानिसको पहिरनले उनी सो समुदायको मुखिया वा ठुला मानिस भएको हुनसक्ने संकेत गर्छ ।
यो स्तब्धता अझ सघन त्यसबेला हुन्छ जब यो घटना आमाबाहेक अरु कोही तेश्रो व्यक्तिले थाहा पाउछ । अब आमा निर्णय र अनिर्णयको दोसाँधमा पुग्छिन, उनले एउटा डरलाग्दो र अनौठो परिस्थितिको सामना गर्नुपर्छ। यस मोडमा पुगेपछि अब उनको नैतिकता र मानवीय मूल्य-मान्यताको परीक्षा सुरु हुन्छ। आफ्नो बच्चालाई सुरक्षा दिन एउटी आमा कुन हदसम्म जान सक्छिन् र सही र गलत बीचको रेखा कति पातलो हुन्छ भन्ने कुरालाई यसले सुन्दरताका साथ चित्रण गरेको छ।
यो चलचित्रको सुरुवात गौरभ वाकंकरको नेशनल इन्स्टिच्युट अफ डिजाइन (NID) को ग्राजुएसन प्रोजेक्टको रूपमा भएको थियो। सुरुमा यसको शीर्षक र कथाको लम्बाइ केही फरक भए पनि अहिलेको संस्करणले दर्शकको मन जित्न सफल भएको छ। फिल्ममा प्रयोग गरिएको रङ, एनिमेसन शैली र ध्वनि (sound design) ले यसलाई कलात्मक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि निकै शक्तिशाली बनाएको छ।
सानो समयमा ठूलो सन्देश दिन सफल यो चलचित्रले विश्वभर चर्चा कमाएको छ। ‘मदर’ हालसम्म १५ भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भइसकेको छ। यसले ‘पिपल अफ कलर’ (People of Colour) फिल्म फेस्टिभलमा अवार्ड जित्नुका साथै अन्य विभिन्न प्रतिष्ठित महोत्सवहरूमा फाइनलसम्मको यात्रा तय गरेको छ।
निष्कर्ष ‘मदर’ केवल एउटा एनिमेसन मात्र होइन, यो हाम्रा सम्बन्धहरू र हामीले जीवनमा लिने कठिन निर्णयहरूको ऐना पनि हो। गौरभ वाकंकरको यो सिर्जनाले हामीलाई सामाजिक चेतना र मानवीय सम्बन्धको गहिराइबारे सोच्न बाध्य बनाउँछ। यदि तपाईं थोरै समयमा एउटा उत्कृष्ट र मन छुने कलाकृति हेर्न चाहनुहुन्छ भने, यो चलचित्र तपाईंको लागि एउटा उत्तम छनोट हुन सक्छ।



